५ कार्तिक २०८३, बिहिबार

बलात्कार आरोपमा सशस्त्रका एसएसपी पक्राउ

1.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

काठमाडौँ, ३१ असार । आफ्नै निवासमा एक महिलालाई बोलाएर बलात्कार गरेको आरोपमा सशस्त्र प्रहरीका एक एसएसपी पक्राउ परेका छन् ।

सशस्त्र प्रहरी बल तालिम केन्द्र पोखरामा कार्यरत वरिष्ठ उपरीक्षक राजेन्द्र अधिकारी पक्राउ परेका हुन् ।

बलात्कार गरेको मौखिक उजुरीका आधारमा उनलाई पक्राउ गरिएको कास्की प्रहरी कार्यालयले जनाएको छ । पीडितको स्वास्थ्य परीक्षणका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल लगिएको प्रहरीले जनाएको छ ।

घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको जनाइएको छ ।