५ कार्तिक २०८३, बिहिबार

ज्यान मार्ने धम्की दिँदै साढे ८ लाख माग्ने दुई पक्राउ

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

काठमाडौँ, ३१ असार । प्रहरीले दाङमा ज्यान मार्ने धम्की दिँदै ८ लाख ६५ हजार चन्दा माग्ने दूई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा ज्याला मजदुरीको काम गर्ने बबई गाउँपालिका वडा नं. ५ सिमगैरा निवासी २८ वर्षीय भास्कर वली र १९ वर्षीय केवल वली रहेका छन् ।

प्रहरीका अनुसार उनीहरुले बबई गाउँपलिका वडा नं. ५ हापुरे बजार निवासी २६ वर्षीय ललित गौतमको परिवारबाट उक्त चन्दा रकम माग गर्दै त्यो नदिए ज्यान लिने धम्की दिँदै आएका थिए ।

गौतमको हापुरे बजारमा गौतम ट्रेडर्स एण्ड सप्लायर्स नामको हार्डवयर पसल छ । उनका बुवा निमकान्त गौतम प्राय पसल हेर्छन् ।

विप्लव समूहको नामबाट असार २४ गते हस्तलिखित पत्र लेखेर भास्करले गौतमको घरको मुल ढोका अगाडि तीन दिनभित्रै बुझाउन ताकेतासहितको पत्र छोडे । गौतम परिवारले वेवास्ता गरेपछि उनीहरुले फोन गरेर पनि धम्क्याएको प्रहरीले जनाएको छ ।

त्यस्तै, गौतमले परिवार बचाउन ५० हजार रकम दिने भए तर उनीहरुले भनेको रकम नदिए परिवार नै सखाप पारिदिने धम्की दिए । त्यसपछि घटना प्रहरी समक्ष पुगेपछि गौतमलाई फोन गरेर धम्काउने व्यक्तिको कल डिटेल्स खोजी ग¥यो ।

उक्त नम्बर केवल वलीको नाममा थियो । असार २९ गते वलीलाई प्रहरीले पक्राउ गर्यो । असार ३० गते भास्कर वली पक्राउ परे । धम्क्याउन प्रयोग भएको सिम नम्बर र मोवाईल पनि बरामद भयो ।

उनीहरुलाई अपराधिक लाभ अन्तर्गतको मुद्दा चलाउन तयारी भइरहेको प्रहरीले जनाएको छ ।