
काठमाडौँ, ३ असार । काठमाडौँमा थप ७ जना कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाडौँमा ७ जनासहित देशभर थप १ सय १६ जनामा कोरोना पुष्टि भएको हो ।
त्यस्तै, प्रवक्ता गौतमका अनुसार थप एक जनाको कोरोनाका कारण मृत्यु भएको छ ।
वुधबार दिउँसो रौटहट परूवा नगरपालिका ७ निवासी ३६ वर्षीय पुरूषको मृत्यु भएको हो ।उनी असार २९ गते वीरगञ्जको नारायणी अस्पतालमा भर्ना भएका थिए ।
वुधबार बिहान उनको स्वास्थ्य अवस्था बिग्रिएपछि भेन्टिलेटरमा राखेर उपचार गर्ने क्रममा मृत्यु भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता गौतमले जानकारी दिए ।
उनी भारतमा रहेका आफ्ना दाइको अन्तिम संस्कार गर्न बैंगलुरू गएका थिए । उनी असार २४ गते नेपाल आएर रौटहट नगरपालिकाको क्वारेन्टिनमा बसेका थिए ।
उनको स्वाब परीक्षणको नतिजा आज कोरोना पोजेटिभ आएको मन्त्रालयले जनाएको छ । यससँगै कोरोनाका कारण ज्यान गुमाउनको संख्या ३९ पुगेको छ ।















प्रतिक्रिया