
काठमाडौँ, ३१ असार । सुदूरपश्चिम प्रदेशमा थप १९ जनामा कोरोनाभाइरस संक्रमण देखिएको छ ।
वुधबार सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा थप १९ जनामा संक्रमण पुष्टि भएको हो । थपिएका संक्रमितहरुमध्ये १२ जना पुरुष र ७ जना महिला रहेका छन् ।
संक्रमितहरु कञ्चनपुरका ११ जना, कैलालीका ४ जना र अछामका ४ जना रहेका अस्पतालले जानकारी दिएको छ । यससँगै प्रदेशमा संक्रमित हुनेको संख्या ३ हजार ८ सय २० जना पुगेको छ ।















प्रतिक्रिया