३० आश्विन २०८३, शुक्रबार

अमेरिकामा २ नेपाली मूलका युवकको डुबेर मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बस्टन । अमेरिकाको टेक्ससमा २ नेपालीभाषी युवकको डुबेर मृत्यु भएको छ ।

बिहीबार साँझ माछा मार्न गएका टेक्ससको फोर्ट वर्थका बासिन्दा हिकारू गौतम र त्रिशरण खत्रीको डुबेर मृत्यु भएको हो। उनीहरुको शव सोमबार फेला परेको हो । उनीहरू दुवै १९ वर्षका हुन् ।

माछा मार्न गएका गौतम र खत्री सम्पर्कमा नआएपछि शुक्रबारदेखि खोजी थालिएको थियो ।

उनीहरू पोसम किङ्गडम तालभन्दा तल ब्राजस नदीमा माछा मार्दै थिए । त्यहीँ दुर्घटना भएको टेक्सस गेम वार्डन्सका अधिकारीले जनाएका छन् ।

करीब ११ वटा स्थानीय संस्था तथा त्यसका प्राविधिक उनीहरूको खोजीमा जुटेको थियो। उक्त दुर्घटनाको विस्तृत अनुसन्धान भइरहेको जनाइएको छ ।