२८ आश्विन २०८३, बुधबार

सहरमा भित्रियो नयाँ ड्रग्स

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Drugsकाठमाडौं । प्रहरीले चरेस, गाँजा, हेरोइन, ब्राउन सुगर, कोकिन, अफिमजस्ता अवैध लागूऔषध दैनिकजसो बरामद गर्ने गरेकोमा नयाँ खालको लागूऔषधसमेत भित्रिने गरेको पाइएको छ।

लागुऔषध नियन्त्रण ब्युरोले नेपालमा एलएसडी (लाइसेरजिक एसिड डाइथाइलमेड) नामक नयाँ लागुऔषध ९ड्रग्स० बिक्रीवितरण हुने गरेको फेला पारेको हो। ब्युरोबाट खटिएको अप्रेसन टोलीले राजधानीबाट दुईजना विदेशी नागरिकसँग २ सय १३ पिस एलएसडी ड्रग्स फेला पारेको हो।

प्रहरीले केही दिनअघि पक्राउ गरी आइतबार सार्वजनिक गरेका विदेशी नागरिकमा जर्मनीका २८ वर्षे फ्लोरेन जोहानिस भ्यालेन र युक्रेनकी २४ वर्षे बालशोभा एनास्तासिया छन्। फ्लोरेनसँग एलएसडी १ सय २९ पिस र बालशोभासँग ८४ पिस फेला परेको ब्युरो प्रमुख डिआइजी प्रतापसिंह थापाले जानकारी दिए। उनका अनुसार दुवैजनासँग फेला परेको लागुऔषध नेपालमा भित्रिने अन्य ड्रग्सभन्दा नयाँ हुन्।

प्रहरीले फ्लोरेनलाई वसन्तपुर दरबार स्क्वायरबाट र बालशोभालाई लाजिम्पाटबाट ५ गते सोमबार पक्रेको हो। पक्राउ परेका दुवैजनालाई हिरासतमा राखेर थप अनुसन्धान भइरहेको छ। जर्मन नागरिक फ्लोरेन इन्जिनियरिङ अध्ययन सकेर नेपाल आएका हुन् भने युक्रेनकी बालशोभा बिजनेस भिसामा नेपाल आएकी हुन्। प्रहरीका अनुसार फ्लोरेनले उक्त लागुऔषध सेवन गर्ने गरेको पाइएको छ। बालशोभाले भने सेवन नगरी अन्यलाई बिक्री गर्न औषधि राखेको प्रारम्भिक अनुसन्धानले देखाएको छ।

‘पक्राउ परेका विदेशी नागरिकबाट नेपालमा नयाँखाले ड्रग्स कारोबार हुने गरेको तथ्य बाहिर आएको छ,’ उनले भने, ‘यो ड्रग्स अन्य कडाखालका ड्रग्सजस्तै हो।’ उनका अनुसार एलएसडी ड्रग्स नेपालमा भित्रेको नयाँ ड्रग्स भएकाले यसलाई कडा ड्रग्सअन्तर्गत नै राखेर पक्राउ परेको परिमाणका आधारमा कानुनअनुसार कारबाही हुनेछ। नागरिक दैनिकबाट