
काठमाडौँ, ३० असार । कालीगण्डकी गाउँपालिका–४ खहरेस्थित मंगलबार बिहान आएको पहिरोमा परेर स्थानीय ६५ वर्षीय इमानसिंह रानाको मृत्यु भएको छ ।
उनलाई बिर्घा स्वास्थ्य चौकीमा उपचार गराउने क्रममा चिकित्सकले उनलाई मृत्त घोषण गरेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएका छन् ।
पहिरोमा ६ जना पुरिएका थिए । जसमा ३ को उद्धार गरिएको थियो । ३ जनामध्ये इमानसिंह एक हुन् । ३ जनाको खोजतलास भइरहेको प्रहरीले जनाएको छ । बाटोमा हिँड्दै गर्दा पहिरो गएको थियो ।















प्रतिक्रिया