क्यानडा । नेपाली साहित्य समाज क्यानाडाले क्यानडाका लागि नेपाली राजदूत कालिप्रसाद पोखरेललाई स्वागत गरेको छ ।
शनिवार नेपाल सरकारबाट क्यानडाका लागि नवनियुक्त राजदूत पोखरेल लाई पाचौँ ‘नेपाली टोपी साँझ’ कार्यक्रमको आयोजना गरी नेपाली टोपी लगाएर स्वागत गरिएको हो ।
राजदूत पोखरेलको सम्मानमा ‘नेपाली टोपी साँझ’ को आयोजना गरिएको थियो । विगत २ वर्षदेखि हुँदै आएको नेपाली टोपी साँझमा पुरुषले अनिवार्य नेपाली टोपी र महिलाले सारी लगाएर उपस्थिति हुने गर्दछ ।
‘नेपाली टोपी साँझ’ कार्यक्रममा राजदूत पोखरेललाई साहित्य समाजका तर्फबाट गैरआवासीय नेपाली संघ अमेरिकाका क्षेत्रीय संयोजक नवराज गुरुङ्गले नेपाली टोपी पहिराई स्वागत गर्नुभएको थियो ।
समाजका महासचिव विष्णुप्रसाद गौतमले स्वागत सम्मान–पत्र पढेर स्वागत गर्नुभएको थियो । राजदूत पोखरेलको प्रमुख आतिथ्यमा सम्पन्न यस कार्यक्रमको सभापतित्व नेपाली साहित्य समाज, क्यानाडाका महाचिव विष्णुप्रसाद गौतमले गर्नुभएको थियो ।

तीनचरणमा बाँडिएको पाचौँ नेपाली टोपी कार्यक्रमको दोस्रोचरणमा डा. गोविन्दसिंह रावतद्वारा लिखित तथा समाजको तेस्रो प्रकाशनका रुपमा प्रकाशित नविनतम् कथा संग्रह ‘गड्गा’को राजदूत पोखरेलले क्यानाडामा पहिलो लोकार्पण गगर्नुभयो ।
त्यसपछि कवि गोष्ठीमा गोपीकृष्ण काफ्ले, राधिका अर्याल, अनुप न्योपाने, रबिन थपलिया, सुशीला भण्डारी, कदम अर्जेल, गोपाल भण्डारी, सुरेश वली, डा. किस्मत भण्डारी, विष्णु गौतम, लिला पाण्डे, मुक्ती गौतम, डा. तुलसी धरेल, डा. गोबिन्द रावत आदिका साथै क्यालगरीका ऋषी बस्ताकोटीका कविता वाचन गरिएको थियो ।
तेस्रो चरणमा प्रसिद्ध लोक गायक बुद्धि सागरको गीति एल्बमको पहिलो प्रस्तुति भएको थियो । डा. तुलसी धरेलको संयोजन तथा उद्घोषण रहेको कार्यक्रमको शुभारम्भ अनुप न्योपानेको स्वागत मन्तव्यबाट भएको थियो ।

कार्यक्रमको अन्त्य लीला पाण्डेको धन्यवाद मन्तव्यबाट भएको थियो । कार्यक्रममा विभिन्न संस्थाको प्रतिनिधित्व गर्दै आउनु भएका गोपाल भण्डारी एनसिसिएस, गोपीकष्ण काफ्ले एनसिएनसी, सुशिला भण्डारी नेपाल क्यानाडा महिला संघ, डा. हरी गुरुङ्ग हेरिटेज नेपाल, उत्तम मकाजु नेवा गुठी, चन्द्र राई कन्सर्न नेपाल, अभिमन्यु बस्नेत एनआरएन, क्यानाडा, आङ्गबरु शेर्पा शेर्पा संघ र संजिव रिजाल नेपाल टिभीले नेपालबाहिर नेपाललाई चिन्हाउने एकमात्र माध्यम टोपी रहेकोले यसको निरन्तरताको कामना गर्नुभएको थियो ।
कार्यक्रमको प्रारम्भमा गोपीकृष्ण काफ्लेले नेपाली टोपी ईभेन्टका बारेमा प्रकाश पार्नु भएको थियो । त्यसपछि डा. गोविन्दसिंह रावतले आफ्नो कथा संग्रहमाथि प्रकाश पार्नुभएको थियो ।
कार्यक्रममा महामहिम राजदूत पोखरेलले क्यानाडा आएपछि यहाँका नेपाली संस्थाहरुले नेपाली भाषा साहित्य र संस्कृतिको उत्थान गरेको योगदानको प्रसंशा गर्दै नेपाली टोपीसँगका रोचक प्रसङ्गहरु सुनाउनु भएको थियो ।
राजदूत पोखरेलले नेपाली राजदूतावासबाट हुने र गरिने कार्यक्रममा नेपाली टोपीले पनि महत्वपूर्ण भूमिका निर्वाह गर्दै जाने जानकारी गराउनु भएको थियो ।
कार्यक्रमको अन्त्यमा लोकप्रिय लोकगायक पुर्ण नेपालीका सुमधुर गीत प्रस्तुत गरिएको थियो ।















प्रतिक्रिया