५ कार्तिक २०८३, बिहिबार

आज राती यी स्थानमा मध्यमदेखि भारी वर्षा हुने सम्भावना

1.6k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २९ असार । सोमबार साँझसम्म पनि देशका विभिन्न स्थानमा पानी परीरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज राती देशभर सामान्य बदली भई केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कदेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ ।

त्यस्तै, प्रदेश १, प्रदेश २, वागमती प्रदेश तथा गण्डकी प्रदेशका एक र्दुइ स्थानमा भने भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ ।

पूर्वनुमान महाशाखाले २४ घण्टे चेतावनी जारी गर्दै देशका विभिन्न स्थानमा पानी पर्ने र नदीका क्षेत्रहरु र ढल र पानीको निकास राम्रो नभएका ठाउँमा डुबानसमेत हुन सक्ने सम्भावना भएको जानकारी दिएको छ । त्यस्तै, सबैलाई सतर्क रहन पनि अपील गरेको छ ।