५ कार्तिक २०८३, बिहिबार

काठमाडौँ उपत्यकामा थप ९ जनामा कोरोना पुष्टि

308
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २९ असार । काठमाडौँ उपत्यकामा सोमबार ९ जनामा कोरोनाभाइरस संक्रमण देखिएको छ ।

थपिएका संक्रमितहरु काठमाडौँका ३ जना, ललितपुरका ५ जना र भक्तपुरका १ जना रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका छन् ।

देशभर गत २४ घण्टामा थप १ सय ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । यससँगै संक्रमितको संख्या १६ हजार ९ सय ४५ जना पुगेको छ ।