
काठमाडौँ, २९ असार । नेपालमा थप १ हजार ७ सय ५ जनाले कोरोना जितेका छन् ।
सोमबार १ सय ४४ जना नयाँ संक्रमित थपिएकोमा ठूलो संख्यामा उपचारपछि निको भएर घर फर्किएका हुन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार निको हुनेको संख्या १० हजार २ सय ९४ पुगेको छ भने संक्रमितको संख्या १६ हजार ९ सय ४५ जना पुगेको छ ।
सोमबार एकै दिन धेरै संख्यामा संक्रमितहरु कोरोनामुक्त भएका हुन् ।















प्रतिक्रिया