५ कार्तिक २०८३, बिहिबार

काठमाडौँ उपत्यकामा चल्न थाले सार्वजनिक सवारी

364
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २९ असार । काठमाडौँ उपत्यकामा छिटफुट सार्वजनिक सवारी साधन चल्न थालेका छन् ।

मयुर यातायात, संयुक्त यातायात, मनमैंजु यातायातका बसहरु सोमबार सञ्चालनमा आएका हुन् ।

बसमा यात्रुको संख्या निकै कम थियो भने सरकारले तोकेको मापदण्डअनुरुप सेनिटाइजर प्रयोग गरिएको थियो ।

त्यस्तै, यात्रुहरुले सामाजिक दूरी कायम गरेका थिए । सरकारले ५० प्रतिशत यात्रु राखेर र स्वास्थ्य सुरक्षाका उपायहरु अवलम्बन गरेर सार्वजनिक सवारी चलाउन अनुमति दिएको छ ।