५ कार्तिक २०८३, बिहिबार

भारतीय हस्तक्षेपले तराई क्षेत्र डुबानमा परेको हो : गृहमन्त्री थापा

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २९ असार । तराईका क्षेत्रहरु भारतीय हस्तक्षेपका कारण डुबानमा परेको गृहमन्त्री रामबहादुर थापा बादलले बताएका छन् ।

गृहमन्त्री थापाले सीमा क्षेत्रमा भारतले सडकरुपी बाँध बनाउँदा नेपाली भूमि डुबानमा परेको बताएका हुन् । सोमबार प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा भारतले गरेको यस्तो गतिविधि हस्तक्षेप नै भएको बताए ।

‘राजनीतिक रुपमा भन्दा यो भारतले नेपालमा गरेको हस्तक्षेप नै हो’ उनले भने, ‘उनीहरुले आफ्नो हित हेरे, तर नेपालको हितलाई ध्यान दिएनन् ।’

सीमामा भारतले बनाएको बाँध हटाउन नेपालबाट पहल भएको थापाले बताए । ‘भारतीय प्रधानमन्त्री नेपालमा आउँदा यससम्बन्धी सम्झौताहरु भएका थिए । सम्झौताको सही ढंगले कार्यान्वयन भएको छैन’ उनले भने ।

मन्त्रीसँगको छलफलपछि समितिले नेपाली सीमामा भारतद्वारा निर्मित सडक र बाँध तत्काल हटाउन पहल गर्न सरकारलाई समितिले निर्देशन दिएको छ ।