५ कार्तिक २०८३, बिहिबार

नेपालमा फेरि आएको सलह किरा प्युठानमा पनि पुग्यो

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २९ असार । नेपालमा पुनः प्रवेश गरेका सलह दाङ हुँदै प्युठान पुगेका छन् ।

सोमबार प्युठानको आकाशमा सलह देखिएको स्थानीयले बताएका छन् । भारतबाट आइतबार आएका २ झुण्डहरु पहिले आएका भन्दा केही ठूलो रहेको अनुमान गरिएको छ ।

सलह सूचना केन्द्रका अनुसार अहिले प्युठानमा सलह देखिए पनि बालीनालीमा प्रवेश भने गरिनसकेको बताएको छ । आकाशमै उडिरहेकाले कति संख्यामा सलह आएका छन् भन्ने यकिन गर्न गाह्रो भएको बताइएको छ ।

त्यस्तै, नेपाल भारत सीमामा सलहको झुण्ड रहेकाले फेरि ठूलो संख्यामा सलह प्रवेश गर्न सक्ने सम्भावना रहेको केन्द्रले जनाएको छ ।