५ कार्तिक २०८३, बिहिबार

साउन १ गतेदेखि नै क्लिनफिड लागु गर्न सरकारसँग माग

518
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ, २८ असार । साउन १ गतेदेखि नै विदेशी च्यानलमा क्लिनफिड (विज्ञापनरहित) नीति लागु गर्न सञ्चार क्षेत्रका विभिन्न संघ संस्थाले सरकार समक्ष माग राखेका छन् ।

आइतबार सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा अर्थमन्त्री डा. युवराज खतिवडालाई संयुक्त ज्ञापनपत्र बुझाउँदै नेपाल मिडिया सोसाइटी, सामुदायिक रेडियो प्रशारक संघ (अक्युराव), ब्रोडकाष्टिङ एशोशिएसन अफ नेपाल (बान), र नेपाल विज्ञापन संघका प्रतिनिधिले आगामी कात्तिक ८ देखि लागू गर्ने भनेको क्लिनफिड नीति तत्काल लागू गर्न माग गरेका हुन् ।

उनीहरुले तत्कालदेखि नै क्लिनफिड लागु गर्न माग गरेका हुन् । अहिले विदेशी च्यानलहरु विज्ञापनसहित प्रसारण हुँदै आएका छन् ।

क्लिनफिड लागु गर्नु भनेको व्यापार घाटा कम गरेर उत्पादनशील बनाउनु रहेको बताउँदै उनीहरुले यसको तत्काल लागु गर्न सरकारको ध्यानाकर्षण गराएका हुन् ।

‘क्लिन फिडको सिधा लाभ राष्ट्रले पाउँछ । तसर्थ बिलम्ब नगरी यो नीति कार्यान्वयन गर्नु देश र जनता सबैको हितमा रहेको छ’ ज्ञापनपत्रमा भनिएको छ ।

मिडियासम्बन्धी ति संस्थाहरुले केही भारतीय च्यानलले प्रधानमन्त्री केपी शर्मा ओली र नेपालका लागि चिनियाँ राजदूतसँग कपोकल्पित र अनैतिक किसिमको सामाग्री प्रसारण गरेकोप्रति विरोध जनाउँदै आएको छ ।