मुम्बई । बलिउडका चर्चित अभिनेता अक्षय कुमार भ्रष्टाचार विरुद्धको अभियानमा लागेका छन् ।
त्यसका लागि अक्षयकुमार गब्बर बन्दैछन् । अक्षयकुमार रियल लाईफमा नभई चलचित्र ‘गब्बर’बाट भ्रष्टाचार मेटाउदै छन् । गब्बरको प्रोमो अक्षयकुमारले ट्विटमार्फत सार्वजनिक गरेका भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
जसअनुसार चलचित्रमा अमजद खान द्वारा निभाएको वास्तविक गब्बरको विपरित भ्रष्टाचारविरुद्ध लड़ाई लड्दैछन् ।
उनले ट्विटमा भनेका छन्–‘भ्रष्टाचारीलाई सिध्याउने मेरो टार्गेट हो । तपाईहरु पनि यो अभियानमा साथ दिनुहोस् ।’
‘गब्बर’ २००२ मा रिलिज भएको तमिल चलचित्र रमन्नाको हिन्दी रीमेक हो । जसमा अक्षयकुमार का साथै श्रुति हासन, प्रकाश राज और सोनू सूदले पनि अभिनय गरेका छन् ।
चलचित्रको निर्माण सफल निर्देशक संजयलीला भंसालीले गरेका छन् ।
















प्रतिक्रिया