महेन्द्रनगर, २५ असार । कञ्चनपुरमा नहरमा डुबेर एक किशोरी बेपत्ता भएकी छिन् ।
भीमदत्त नगरपालिका–१३ का १४ वर्षीया किशोरी नेहा सुनार बुधबार साँझ नहरमा डुबेर बेपत्ता भएकी हुन् । नहरमा पानीको बहाव उच्च हुँदा पौडिने क्रममै डुबेको स्थानीय बासिन्दाले बताएका छन् ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले बालिका नहरमा डुबेको जानकारी प्राप्त हुनासाथ प्रहरीको टोली खोजबिनका लागि खटाइएको बताए ।
नहरमा पानीको बहाव उच्च भएकाले खोजबिनका लागि गाह्रो भएको उनले बताए ।















प्रतिक्रिया