सउल, कोरिया । कोरियामा रहेका एक युवकले आत्महत्या गरेका छन् । वैदेशिक रोजगारीका क्रममा कोरियामा रहेका मोरङ बेलबारीका २३ वर्षीय सुरेश नेपालले आत्महत्या गरेका हुन् ।
प्रहरीको प्रारम्भिक अनुसन्धानमा आठ महिनाअघि कोरिया गएका शुरेसले आत्महत्या गरेको खुलेको छ । उनी कोरियाको एक गाईफर्ममा काम गर्दै आएका थिए ।
काम गर्ने फर्मको नजिकैको रुखमा झुण्डिएको अवस्थामा शुरेसलाई स्थानीयले दिउँसो फेला पारेका थिए । स्थानीयले शुरेसलाई झुण्डिएको देखिएपछि प्रहरीमा खबर गरेका थिए । गाई फर्ममा नेपालीहरुमा सुरेशमा मात्रै काम गर्दै आएका थिए ।
घटनालगत्तै कोरियामा रहेका श्रमसहचारी अनिल गुरुङ्ग र मोरङ डाईनमिक कमिटीका अध्यक्ष डा. देवीबहादुर बस्नेतले शनिबार घटनास्थलमा शुरेसको बारेमा जानकारी लिएका छन् ।
घटनास्थलबाट जानकारी लिएपछि श्रमसहचारी गुरुङ्गले शरीरमा कुनै चोटपटक नदेखिएको र घाँटीमा मात्र डोरीको डाम देखिएको बताए ।
गुरुङका अनुसार प्रहरीको निगरानीमा स्थानीय हस्पिटलमा राखिएको नेपालको शव आवश्यक प्रक्रिया पुरा गरी चाँडै नेपाल पठाईने तयारी भइरहेको छ ।
यसअघि वैदेशिक रोजगारीकै सिलसिलमा कोरिया आएका झापा धुलाबारीका छबिलाल भण्डारीले केही दिनअघि मात्रै आत्महत्या गरेका थिए ।
















प्रतिक्रिया