गाेरखा, २१ असार । गोरखा जिल्लाकाे पालुङटारको दुई वटा वडा सिल गरिएकाे छ ।
शनिबार अस्पतालमा उपचाररत एक जना कोरोना संक्रमितको मृत्यु भएकाे थियाे । थप तीन जनामा कोरोना पुष्टि भएकाे थियाे ।
वडा नम्बर ७ को जीवन ज्योति माविको क्वारेन्टिनमा बसेका तीन जनामा कोरोनाको संक्रमण पुष्टि भएसँगै वडा सिल गर्ने निणर्य गरिएको नगरप्रमुख दीपकबाबु कँडेलले बताए ।
वडाबासीलाई सचेत भएर घरभित्रै बस्न र अति आवस्यक काममा सामाजिक दुरी कायम गर्न, मास्क, सेनिटाईजर, साबुनपानीको प्रयोग गर्न अनुरोध गरिएको छ ।















प्रतिक्रिया