१२ कार्तिक २०८३, बिहिबार

सप्तरीस्थित पोखरीमा डुबेर बालकको मृत्यु

938
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

राजविराज, २० असार । सप्तरीको राजविराज नगरपालिकास्थित फर्सेठमा शुक्रबार साँझ पोखरीमा डुबेर एक बालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा राजविराज नगरपालिका–११ बस्ने राजेन्द्र साहको ११ वर्षीय छोरा नन्दकिशोर रहेको प्रहरी नायव उपरीक्षक तिलक भारतीले जानकारी दिए ।

चार जना केटासँग पोखरीमा बेलुका नुहाउन गएको बोला नन्दकिशोर डुबेका थिए ।

पोखरीमा डुबी अचेत भएका उनलाई उपचारको लागि गजेन्द्र नारायण सिंह अस्पताल राजविराज ल्याउने क्रममा बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।