१२ कार्तिक २०८३, बिहिबार

पहिरोले घर पुरिँदा दार्चुलामा २ जनाको मृत्यु

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैं, १५ असार । पहिरोले घर पुरिँदा दार्चुलामा २ जनाको ज्यान गएको छ । पहिरोमा पुरिएर जिल्लाको नौगाड गाउँपालिका-४ होपरीका २५ वर्षीय चन्द्रसिंह महता र उनका ४ वर्षीय छोरा सुसान्त महताको ज्यान गएको हो ।

पहिरोमा पुरिएर चन्द्रकी श्रीमती चनमति महता गम्भीर घाइते भएकी छन् । चनमतीलाई उपचारको लागि गोकुलेश्वर अस्पताल लगिएको नौगाड प्रहरी चौकीका सहायक प्रहरी निरीक्षक भुवन चन्दले जानकारी दिए ।

नौगाड गाउँपालिका-४ होपरीमा गएराती १२ बजेतिर घरमाथि रहेको जलविद्युतको नहर भत्किँदा पहिरो गएको हो ।

यस्तै, पहिरोकै कारण अन्य ३ घरमा समेत क्षति पुगेको चन्दले बताए । प्रहरीको टोली घटनास्थल पुगेको छ ।