७ मंसिर २०८३, सोमबार

‘इनफ इज इनफ’ अभियन्ता ‘ई’ प्रहरी नियन्त्रणमा, परिवारलाई जिम्मा लगाइने

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १३ असार । सामाजिक सञ्जालमा सरकारविरोधी अभियान ‘इनफ इज इनफ’का मुख्य अभियन्ता ईशान ‘ई’लाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

कोरोना महामारीमा सरकार गैर जिम्मेवार भएको भन्दै नागरिक अधिकारका निम्ति ललितपुरको पाटनस्थित कृष्ण मन्दिरमा उनी आमरण अनशनमा बसेको थिए ।

यो महामारीमा सर्वसाधारणबाट आक्रमण हुन सक्ने भन्दै ललितपुर प्रहरीले नियन्त्रणमा लिएर परिवारलाई बुझाउने तयारी गरेको छ । सामाजिक सञ्जालमा व्यापक भएको यो अभियानले सडक समेत तताएको थियो ।

प्रधानमन्त्री निवास बालुवाटारसम्म पुगेको यो अभियानले सरकारविरुद्ध विविध उदण्ड र उच्छृङ्खल प्लेकार्ड प्रस्तुत गरेको विषयमा आलोचना समेत भएको थियो । प्रहरीले अहिले अनशन नबस्नका लागि दिएको सुझाव नमानेपछि नियन्त्रणमा लिइएको परिसर स्रोतले जनाएको छ ।