७ मंसिर २०८३, सोमबार

कोरोना कहरमा गण्डकी प्रदेश : ३२ जना थपिए, १२ महिने शिशु पनि संक्रमित

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १३ असार । गण्डकीका थप तीन जिल्लामा १२ महिने शिशुसहित ३२ जना कोरोना भाइरस (कोभिड–१९) संक्रमित फेला परेका छन् ।

प्रदेश क्षयरोग केन्द्र, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणबाट शनिबार आएका नतिजा हुन् ।

स्याङ्जाका मात्रै २२ जनामा कोरोना पुष्टि भएको हो । स्याङ्जा अर्जुनचौपारी गाउँपालिकाका १२ महिने शिशुसहित ६ महिला र १२ पुरुषमा संक्रमण पुष्टि भएको हो ।

विरुवा गाउँपालिका, पुतलीबजार नगरपालिका र वालिङ नगरपालिकाका १–१ जना पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको हो ।

उता, बागलुङका काठेखोला गाउँपालिकाका ७ जना र  बागलुङकै ढोरपाटन नगरपालिकाका २५ वर्षीय एक पुरुषगरी ८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणबाट नवलपुरमा २ जनामा कोरोना संक्रमित फेला परेका छन् । संक्रमण पुष्टि हुनेमा हुप्सेकोट गाउँपालिकाका २६ र ४० वर्षका २ जना पुरुष छन् ।

गण्डकी प्रदेशका विभिन्न जिल्लामा कोरोना संक्रमितको संख्या बढ्न थालेको छ । आइसोलेशन र उपचारका निम्ति प्रदेश सरकार सक्रिय रहेको बताइएको छ ।