
काठमाडौं, १२ असार । प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवास बालुवाटारमा नेपाल कम्युनिस्ट पार्टीको स्थायी समिति बैठक सुरु भएको छ ।
सरकारको काम कारबाही, एमसीसी सम्झौतालगायतका विषयमा केन्द्रित रहेर बैठकमा सहभागीले एजेन्डामाथि बहस गर्नेछन् । यो स्थायी समिति बैठकमा ‘घोचपेच’ हुनुका साथै सरकारको रवैयाको आलोचना भएको थियो ।
प्रधानमन्त्री ओलीले आफूलाई घेराबन्दी पारिएको गुनासो सुनाउँदै गर्दा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारमा रहनेको घमन्डको सीमा निक्कै फराकिलो हुन थालेको बताएका थिए ।











प्रतिक्रिया