७ मंसिर २०८३, सोमबार

इलाममा बम बिस्फोट हुँदा एकजना गम्भीर घाइते

266
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

इलाम, १२ असार । इलाम जिल्लाकाे देउमाई नगरपालिका वडानम्बर ४ का दिलबहादुर श्रेष्ठले घरमा लुकाई राखेको बम फिष्फोट हुँदा उनका छोरा मौसम श्रेष्ठ गम्भीर घाइते भएका छन् ।

श्रेष्ठले द्वन्द्वकालदेखि लुकाई राखेको सकेट बम उनका २५ वर्षीय छोरा मौसमले झिकेर खेलाउने क्रममा बिहीबार राति विष्फोट भएको हो ।

मौसमले खेलाउँदै गरेको बम विष्फोट हुँदा उनका दुवै हातका औंला चुँडिएको र आँखामा पनि चोट लागेको इलाका प्रहरी कार्यालय मंगलबारेका इन्सपेक्टर राजकिशाेर शाहले जानकारी दिए ।

तत्कालीन विद्रोही माओवादी र सेनाबीच स्थानीय देवीडाँडामा भिडन्त हुँदा छोडेको बम श्रेष्ठले भेटाएपछि घरमा लगेर लुकाई राखेको इन्पेस्क्टर शाहले बताए ।

मौसमलाई बम भन्ने थाहा नहुँदा घटना भएको प्रहरीले जनाएको छ । गम्भीर घाइते भउका मौसमलाई उपचारका लागि झापाको बीएण्ड सी अस्पताल लगिएको छ ।