
काठमाडौं, १२ असार । विभिन्न मुलुकमा अलपत्र रहेका १२ सय नेपाली आज काठमाडौंमा अवतरण गर्ने भएका छन् ।
बहराइन, युएई, कुवेत र मलेसियामा समस्यामा परेका नेपालीलाई सरकारले ल्याउन लागेको हो ।
कुवेतबाहेकका मुलुकमा दुई–दुईवटा उडान हुने बताइएको छ । बहराइनको दुवै र मलेसियाको एउटा उडान नेपाल एयरलाइन्सले गर्ने छ । युएईको हिमालयन र एयर अरेविया, कुवेतको जजिरा एयरलाइन्स र मलेसियाको एउटा उडान हिमालय एयरलाइन्सबाट हुँदैछ ।











प्रतिक्रिया