मंगलबार, १८ वैशाख २०८१
DainikNepal.com
मंगलबार, १८ वैशाख २०८१

सुटिङमा जान डराइन् नायिका ठाकुर

दैनिक नेपाल २०७७ असार ८ गते ६:१९

मुम्बई । भारतमा महाराष्ट्र सरकारद्वारा लकडाउनमा हरियो झन्डा देखाएपछि फिल्म निर्माताले सुटिङ सुरु गर्ने निर्णय गरेका छन् ।

केही सेलिब्रिटी भने अझै बाहिर निस्केर सेटमा काम सुरु गर्न डराइरहेका छन् । सुपर–३० की अभिनेत्री मृणाल ठाकुर पनि तिनै कलाकार मध्येकी एक हुन् । जो तत्काल सेटमा जान तयार छैनन् । उनका लागि स्वास्थ्य पहिलो प्राथमिकता हो ।

मृणालले आईएएनएससँग भनिन्, ‘म अहिलेसम्म सुटिङका लागि तयार भएकी छैन । म एउटा सुटका लागि तयार हुनु भनेको धेरैको स्वास्थ्य खतरामा पार्नु हो ।’

‘वास्तवमा म अहिले निर्णय लिन असमर्थ छु । मुम्बईमा मनसुन सुरु भएको छ’, उनले भनेकी छिन्,  ‘विशेष रूपमा अहिले फ्लु जस्ता रोग फैलिने सम्भावना धेरै हुन्छ।’

मृणालले सुटिङ सुरु गर्नुभन्दा पहिले जिम्मेवार हुन आग्रह गरेकी छन् ।

प्रतिक्रिया
सम्बन्धित