डडेल्धुरा, ७ असार । सुदूरपश्चिम प्रदेशमा शनिबार १ सय ६३ जना कोरोना संक्रमित थपिएका छन् ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा भएको परीक्षणमा डोटी जिल्लाका ९२, बैतडीका १८ र डडेल्धुराका १२ जनामा कोरोना संक्रमण भएको पुुष्टि भएको हो ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालमा ९२ जना र शिक्षण अस्पताल महाराजगंजमा रहेको प्रयोगशालामा २ जना गरी सुदूरपश्चिममा ९४ जनामा संक्रमण भएको पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले बताए ।
सेती प्रादेशिक अस्पताल धनगढीको प्रयोगशालामा गरिएको परीक्षणमा ६९ जनाको कोरोना रिर्पोट पोजेटिभ आएसंगै सुदूरपश्चिम प्रदेशमा शनिबार मात्रै १ सय ६३ जना नयाँ कोरोना संक्रमित थपिएका छन् ।
















प्रतिक्रिया