४ कार्तिक २०८३, बुधबार

सलमान खान र उनकाे परिवारले फिल्म निर्देशकलाई दिए ज्यान मार्ने धम्की

4.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मुम्बई । बलिउड फिल्म निर्देशक अभिनव कश्यपले अभिनेता सुशान्तको आत्महत्याको विषयमा विस्तृत अनुसन्धान गर्न माग गरेका छन् ।

बलिउडमा काम गर्ने क्रममा भोगेको तितो अनुभव समेत सेयर गर्दै उनले सलमान खानको परिवारको फिल्मलाईनमा देखिने दादागीरिबारे उल्लेख गरेका हुन् ।

‘दवंगको दश वर्षपछि यहि हो मेरो कहानी । यही कारण म दश वर्ष अगाडि दवंग २ गर्नबाट पछि हटेको थिएँ’, उनले भने, ‘अरवाज र सोहेल खानले आफ्नो परिवारसँग मिलेर मेरो करियरको नियन्त्रण गर्ने प्रयास गरेका थिए । यसको लागि मलाइ धम्काउने कामसम्म भएको थियो ।’

‘प्रोजेक्ट त रोकाए रोकाए, धम्की दिन छोडेनन् । मारिदिने, परिवारका सदस्यको बलात्कार गर्ने सम्मको धम्की दिन्थे’, अभिनवले लेखेका छन् ।

अभिनवको भनाई अनुसार अरवाज खानले श्रीअष्टविनायक फिल्म्सका प्रमुख राज मेहतालाई फोन गरेर अभिनवको दोश्रो प्रोजेक्ट बन्द गराएका थिए ।

साइनिंग अमाउन्ट फिर्ता दिएर अभिनव वायाकाम पिक्चर्समा जोडिए । तर उक्त काममा समेत सोहेल खानले सीइओसँग कुरा गरेर रोकिदिए र फलस्वरुप अभिनवले ७ करोडको साइनिङ अमाउन्ट ९०लाख ब्याज सहित फिर्ता गरे ।