४ कार्तिक २०८३, बुधबार

संघर्षमा फिल्म हल सन्चालकहरू, माग पूरा गर्न अल्टिमेटम

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैं । फिल्म हल सन्चालकहरूले सरकारले ल्याएकाे बजेटले फिल्म हलहरूकाे माग सम्बाेधन नभएकाे जनाएका छन् ।

उनीहरूले माग प२रा गर्न सरकारलाई दवाव दिएका छन् । चलचित्र संघले आफ्नो माग पूरा गर्न सरकारलाई एक हप्ते अल्टिमेटम दिएको छ ।

संघको पदाधिकारी बैठकले सरकारसमक्ष मंगलबार पुनः लिखित मागहरू प्रस्तुत गरेको छ ।

चलचित्र विकास बोर्डको माध्यमबाट बुझाइएको माग पूरा गर्न सरकारलाई एक हप्ते अल्टिमेटम समेत दिइएको छ ।

माग पूरा नभए असाढ ९ गते बस्ने कार्य समिति, पूर्वाञ्चल तथा पश्चिमाञ्चल लगायतका सम्पूर्ण सदस्यहरूको राय सुझावबाट संघर्षको कार्यक्रम घोषणा गर्ने चेतावनी फिल्म हल सन्चालकहरूले दिएका छन् ।

आर्थिक वर्षको बजेटमा चलचित्र क्षेत्रको विषयमा सम्बोधन नगरेको भन्दै आक्रोश व्यक्त गरिएको छ ।

लक डाउनका कारण सर्वाधिक धेरै प्रभावित भएको क्षेत्रमा चलचित्र क्षेत्र पनि रहेको सन्चालकहरूले बताएका छन् ।