दमक, २ असार । झापाको मेचीनगर नगरपालिका–११ मा मिर्गौला खराब भएर मृत्यु भएका एक वृद्धको शव गाउँलेका कारण सोमबार ६ घण्टापछि मात्र दाहसंस्कार गरेका छन् ।
गाउँलेले कोरोनाका कारण मृत्यु भएको आशङ्का गर्दै उनको शव दाहसंस्कार गर्न घाट लैजानबाट रोकेका थिए ।
घटनाबारे तत्काल जानकारी पाउनेबित्तिकै मेचीनगर नगरपालिका प्रमुख विमल आचार्यले नगरको स्वास्थ्य शाखालाई शवको अवस्थाबारे बुझ्न र व्यवस्थापन गर्न निर्देशन दिए ।
नगरको स्वास्थ्यकर्मीको टोली मृतकको घर पुगेर अस्पताल रिपोर्ट जाँच गर्दा दुवै मिर्गौला खराब भएर मृत्यु भएको पुष्टि गरेपछि मात्र गाउँलेले घरबाट उनको शव उठाउन दिएका थिए ।
मृतक एक हप्ताअघि मात्र उपचारका लागि विराटनगरस्थित नोबेल अस्पताल भर्ना भएका थिए । उनलाई अस्पतालले शुक्रबार घर फर्र्काएको थियो । उनको सोमबार बिहान ८ बजे घरमै निधन भएको हो ।















प्रतिक्रिया