३ कार्तिक २०८३, मंगलबार

नेपालीहरूको उद्धारमा सलाम एयरको सहयोग

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २ असार । ओमानबाट १६६ यात्रु बोकेर सलाम एयरको जाहाज काठमाडौं विमानस्थलमा अबतरण गरेको छ ।

बिदेसमा बस्ने कोभिड– १९ बाट प्रभावित नेपाली दाजुभाई तथा दिदिबहिनीहरुलाई सम्बन्धित देस तथा नेपाल सरकारले निर्धारण गरेको मापदण्ड पालना गरि आवश्यक प्रक्रिया पश्चात नेपाल आउन सहजीकरण गर्ने भन्ने नेपाल सरकारको निर्णय अनुसार सम्बन्धित देसका राजदुताबासबाट आवश्यक कार्यहरु अघि बढि नेपाल फर्किने काम प्रारम्भ भइसकेको छ ।

कोरोना भाइरस (कोभिड– १९) का कारण अप्ठ्यारोमा परेका नेपालीहरुको हवाई टिकट ब्यबस्थापनका सम्बन्धमा ओमानस्थित नेपाली राजदुताबाससंगको सहकार्यमा सलाम एयरले नेपाली दाजुभाई तथा दिदीबहिनीहरूका लागि मानवीय सहयोग स्वरूप सुलभ दरमा टिकट उपलब्ध गराएको हो ।

बिपतको घडीमा ब्यबसायिक मुनाफाभन्दा पनि सेवाको भाबनाका साथ अघि बढ्ने सलाम एयर र आफ्ना नागरिकको सेवालाई ध्यान दिने ओमनस्थित नेपाली महामहिम राजदूत तथा राजदूताबाससंग आबद्ध सम्पूर्ण कर्मचारीहरुले उक्त कदमलाई सकरात्मक रुपमा लिएका छन ।

सलाम एयरले नेपालमा आइएमई ग्रुप अन्तर्गत संचालित आइएमई ट्राभलको जीएसए व्यवस्थापनमा उडान भर्दै आइरहेको छ । नेपालमा आफ्नो हवाई सेवा विस्तार गरेको करीब डेढ वर्षको हाराहारीमा नै माहामारीको अवस्था झेल्नु परेता पनि मानवीय सेवाका लागि सलाम एयरको निक्कै ठूलो योगदान रहेको कुरा आइएमई ट्राभलका प्रमुख कार्यकारी अधिकृत विनोद सापकोटाले जनाए ।