
काठमाडौँ । आत्महत्या गरिएका भनिएका भारतीय कलाकार सुशान्तसिंह राजपुतको हत्या भएको परिवारले आशंका गरेको छ ।
उनको परिवारले सुशान्तले आत्महत्या गरेको नभइ हत्या गरिएको भन्दै प्रहरीसमक्ष अनुसन्धान गर्न आग्रह गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
थुप्रै हिन्दी चलचित्रमा अभिनय गरेका राजपुत आइतबार मुम्बई बान्द्रास्थ्ति उनकै अपार्टमेन्टमा झुण्डिएको अवस्थामा भेटिएका थिए ।
प्रहरीले उनको आत्महत्या भएको बताएको छ । तर सुशान्तका मामा आरसी सिंहले उनले आत्महत्या गरेको भन्नेमा हाम्रो विश्वास छैन । हामीले यसको विरोध गरेका छौँ । उनको हत्या भएको हो प्रहरीले राम्रोसँग अनुसन्धान गरोस् । एजेन्सी















प्रतिक्रिया