१२ कार्तिक २०८३, बिहिबार

नवजात शिशुको हत्या गरेको अभियोगमा पक्राउ

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पर्वत, ३२ जेठ । नवजात शिशुको हत्या गरेको अभियोगमा पर्वत जिल्लाकाे कुश्मा नगरपालिका १४ बस्ने ४७ वर्षीय अमृता भन्ने तारा नेपालीलाई बिहीबार बेलुका प्रहरीले पक्राउ गरेको छ ।

अवैध गर्भबाट २०७० फागुन १२ गते सोही ठाउँस्थित अधेरी नेटामा स्त्री जातको नवजात शिशु जन्माई हत्या गरी फरार रहेकी उनलाई जिल्ला प्रहरी कार्यालय पर्वतबाट खटिएको प्रहरीले वडा प्रहरी कार्यालय बगर कास्कीको सहयोगमा कास्की माछापुच्छ्रे गाउँपालिका ३ घाचोकस्थित घरमा लुकीछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।

उनी उपर कर्तब्य ज्यान शीर्षकमा जिल्ला अदालत पर्वतबाट म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।