
काठमाडौं, ३२ जेठ । कोरोना भाइरस (कोभिड–१९)को उपचार गर्दागर्दै गुल्मीको धुर्कोट–४ का ३६ बर्षिय पुरुषको मृत्यु हुनुको मुख्य कारण आन्द्रासम्बन्धी क्यान्सर र रक्तअल्पत्ता रहेको चिकित्सकहरूले बताएका छन् ।
भारतबाट आएपछि पिसीआर परिक्षणमा कोरोना संक्रमण पुष्टि भएपछि उनलाई रेसुङ्गा–९ स्थित आइसोलेसनमा राखिएको थियो । शनिबार राती ति व्यक्तिको मृत्यु भएको हो ।
उनलाई बचाउनका निम्ति चिकित्सकहरूले निक्कै मिहेनत गरेका थिए । उपचारका क्रममा रगतको अभाव भएपछि एक चिकित्सकले रगत समेत दिएकी थिइन् ।
शवलाई राति नै उनकै जन्मस्थान नजिकै नेपाली सेनाले व्यवस्थापन गरेको बताइएको छ । कोरोना संक्रमण पुष्टि भएको २० दिनमा नै युवकको ज्यान गएको हो । १२ जेठमा उनको पिसीआर रिपोर्ट आएको थियो ।
उपचारमा संलग्नहरूका अनुसार मृत्यु भएका युवकको तीन पटकसम्म पिसीआर परिक्षण गरिएको थियो । तीनै पटक रिपोर्ट पोजिटिभ आएको थियो ।











प्रतिक्रिया