कुस्मा, ३२ जेठ । पर्वत जिल्लाको कुस्मा नगरपालिका–३ दुर्लुङ काफलचौरमा शनिबार राति पहिरोले घर बगाउँदा ३ जनाको मृत्यु भएको छ ।
घटनामा ६ जना बेपत्ता भएका छन् । शनिबार राति ९ दुर्लुङको काफलचौरस्थित सरुनचौर भन्ने ठाउँमा पहिरोले ३ घर पुरेको हो ।
स्थानीय विरोध गुरुङका अनुसार पहिरोमा परी स्थानीय ५२ वर्षीय तुलबहादुर थापा, उनकी ५२ वर्षीया श्रीमती नीलकुमारी थापा र ८ वर्षीया नातिनी बिबिसा थापाको मृत्यु भएको छ ।
पहिरोमा परी तुलबहादुरका छोरा र छोरीतर्फका २ नाति बेपत्ता रहेका छन् । घर पूरै बगेको र गोठको भैँसी समेत पहिरोले पुरेको स्थानीयले बताएका छन् ।
पहिरोमा परी अर्को एक घर पूर्ण रूपमा क्षति हुनुका साथै उक्त घरका ३ जना बेपत्ता भएका छन् ।
स्थानीय विकास बिकको घरलाई पहिरोले बगाउँदा घर रहेको ठाउँ समेत देखिएको छैन ।
विकास बिककी श्रीमती, छोरीसहित ३ जना बेपत्ता रहेको गुरुङले बताएका छन् ।
घटनास्थलमा नेपाल प्रहरी , नेपाली सेना र सशस्त्र प्रहरी बलको संयुक्त टोली उद्धारमा खटिएको पर्वत प्रहरीले जनाएको छ ।











प्रतिक्रिया