७ मंसिर २०८३, सोमबार

गण्डकीमा थपिए ५ कोरोना संक्रमित

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३१ जेठ । गण्डकी प्रदेश अन्तर्गत पर्वतका चार जना र पूर्वी नवलपरासीका एक जनामा कोरोना संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या १९७ पुगेको छ ।

कुश्मा नगरपालिकाका–६ वर्षीय बालक र १७ वर्षीया युवतीमा कोरोना पुष्टि भएको हो । जलजला गाउँपालिकाका १७ वर्षीय र महाशिला गाउँपालिकाका १६ वर्षीय युवकमा पनि कोरोना पुष्टि भएको हो ।

नवलपरासीको बर्दघाट सुस्ता पूर्व (नवलपुर)मा पर्ने मध्यविन्दु नगरपालिकाका ४५ वर्षीय एक जना पुरुषमा पनि कोरोना संक्रमण पाइएको हो ।