काभ्रे, ३१ जेठ । काभ्रे जिल्लाकाे पनौती नगरपालिका २ जोरघट्टास्थित रोशी खोला ढुङ्गा रोडा उद्योग प्रालिको काउन्टर अगाडि पार्किङ गरी राखेको २ वटा गाडीमा आगजनी भएकाे छ ।
ना ५ च २९९२ नम्बरको स्कारपियो र बा २ ख ७१९० नम्बरको टिप्परलाई अपरिचित व्यक्तिहरूले शुक्रबार बिहान आगजनी गरेका हुन् ।
आगजनीबाट स्कारपियो पूर्णरुपमा क्षति भएको छ भने टिपरको क्याबिन पूर्णरुपमा क्षति भएको प्रहरीले जनाएकाे छ ।
ईलाका प्रहरी कार्यालय बनेपा र प्रहरी चौकी कुशादेवीबाट खटिएको प्रहरीले आगो नियन्त्रणमा लिई आगजनीमा संलग्न व्यक्तिहरूको खोजी गरिरहेको जनाएकाे छ ।















प्रतिक्रिया