बाग्लुङ, ३१ जेठ । बाग्लुङ जिल्लाकाे ताराखोला गाउँपालिका १ दरौंदीबाट एकनाले भरुवा बन्दुक ५ थानसहित ६ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ४९ वर्षीय चित्रराज कडेंल, ३६ वर्षीय थमबहादुर घर्ती, ४२ वर्षीय टंकबहादुर रोका, ३७ वर्षीय होमबहादुर रोका, २९ वर्षीय खिमानन्द कडेंल र ४९ वर्षीय बमबहादुर घर्ती रहेकाे प्रहरीले जनाएकाे छ ।
उनीहरूले घरमा अवैध रुपमा हातहतियार खरखजना लुकाई छिपाई राखेको भन्ने विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय ताराखोलाबाट खटिएको प्रहरीले उनीहरूको घर तलासी गर्दा उक्त भरुवा बन्दुक फेला पारी पक्राउ गरेको हो ।
उनीहरू उपर हातहतियार तथा खरखजना मुद्दामा ५ दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय बाग्लुङले जनाएको छ ।











प्रतिक्रिया