प्यूठान, ३१ जेठ । प्यूठानमा कोरोना परीक्षणको रिपोर्ट आउन ढिलाई भएको छ ।
स्वाब संकलन गरि कोरोना परीक्षणका लागि प्रयोगशालामा पठाइएको दश दिन बितिसक्दा पनि रिपोर्ट आउन नसकेको हो ।
भारत लगायतका विभिन्न ठाउँबाट प्यूठान भित्रिएका नागरिकलाई स्थानीय तहहरूले अनिवार्य रुपमा क्वारेन्टिनमा राख्ने गरेका छन् ।
१४ दिन क्वारेन्टिनमा राख्ने र सो समयमा पीसीआर चेकजाँच गरेर नेगेटिभ रिर्पोट आएमा घर पठाउने गरिन्छ ।
क्वारेन्टाइनमा बसेको १४ दिन पूरा भएपछि स्वाब संकलन गरी पीसीआर विधिबाट परीक्षण गर्न जिल्ला बाहिर पठाउने गरिएको स्वास्थ्य कार्यालय प्यूठानले जनाएको छ ।
स्वास्थ्य कार्यालय प्यूठानले हालसम्म जिल्लामा पीसीआरबाट ९ सय २५ तथा आरडीटी प्रविधिबाट ५ हजार ६५२ जनाको परीक्षण गरिएको बताएको छ ।
जम्मा ३ सय ३६ जनामा आरडिटी पोजेटिभ देखिएको छ । जिल्लाभर २२७ क्वारेन्टिनस्थल छन् ।
हालसम्म ४ हजार ४१४ जना जिल्लाका क्वारेन्टिनमा बसिरहेका छन् । कोरोना संक्रमित २४ मध्ये २३ जना स्थानीय आइसोलेसनमा छन् ।












प्रतिक्रिया