
कास्की, ३० जेठ । दुर्घटनामा घाइते भई पोखरास्थित मणिपाल शिक्षण अस्पताल उपचार गराइरहेका पर्वत कुश्मा–३ का एक जना ३५ वर्षीय पुरुषमा शुक्रबार कोरोना संक्रमण पुष्टि भएको छ ।
एक साता अघि अस्पतालमा भर्ना भएका उनमा कोरोना पुष्टि भएको हो । उनको कुनै ट्राभल हिस्ट्री नभेटिएको बताइएको छ । उपचारका क्रममा नै उनमा कोरोना संक्रमण भएको हुन सक्ने अनुमान गरिएको छ । गण्डकी स्वास्थ्य निर्देशनालयले संक्रमणको स्रोत खोज्न थालिएको जनाएको छ ।











प्रतिक्रिया