निर्मलनगर, ३० जेठ । तनहुँको थान थोक स्वास्थ्य सेवा केन्द्रकी प्रमुख ममता थापा मगरले क्वारेन्टिनमा स्वास्थ्य सामग्री वितरण गरेकी छिन् ।
उनले १५० पिस मास्क, १ वोटल स्यानिटाईजर र अन्य स्वास्थ्य सामग्री वितरण गरेको पतेनी आधारभूत स्वास्थ्य केन्द्रका प्रमुख शैलेश हड्खलेले जानकारी दिए ।
कोरोनाले विश्वलाई नै आक्रान्त पारिरहेको सन्दर्भमा आफूहरू पनि स्वास्थ्यकर्मी भएको हुनाले क्वारेन्टिनमा रहेकाहरूलाई सकेको सहयोग गर्नु कर्तव्य सम्झेर सहयोग गरेको उनले बताइन् ।
कोरोनाविरुद्धको लडाइँमा एकजुट भएर लड्नुपर्ने बेलामा आफूहरूले सक्दो सहयोग गरेको ग्लासलुङ्ग सामुदायिक स्वास्थ्य ईकाइका प्रमुख मदन थापाले बताए ।
















प्रतिक्रिया