१२ कार्तिक २०८३, बिहिबार

कलैया उपमहानगर घेराउ

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बारा, ३० जेठ । बाराको कलैया उपमहानगरपालिका घेराउ गरिएको छ । कलैया उपमहानगरपालिका वडा नम्वर ९ का स्थानीयहरूले उपमहानगरपालिका घेराउ गरेका छन ।

प्रधानमन्त्री स्वरोजगार कार्यक्रमअन्तर्गत बन्न लागेको सामुदायिक भवन बन्न नदिन स्थानीय हुसैन मियाँ लगायत केही व्यक्तिले अवरोध सृजना गर्न खोजेपछि सोको विरोधमा उपमहानगरपालिका घेराउ गरिएको उपभोक्ता समितिका अध्यक्ष कमरुदिन अन्सारीले जानकारी गराएका छन् । करीव २० लाखको लागतमा बन्न लागेको सामुदायिक भवन बन्न नदिने चलखेल सुरु भएको उनले बताए ।

हुसैनले विदेशमा रहेको नागरिकको नाममा पनि जाली सहिछापको प्रयोग गरि दिएको निवेदनको अधारमा उपमहानगरपालिकाले कामकाज रोकेको उपभोक्ता समितिले आरोप लगाएको छ ।

नगर सभाबाट चैत्र ४ गते सामुदायिक भवन बनाउन स्विकृत भएपश्चात जेष्ठ २७ गते नाप नक्सा गराउन अमिन आएपछि हुसैन लगायत केहि व्यक्तिहरू काममा अवरोध पुर्‍याएको उनले आरोप लगाएका छन् ।

वडा कार्यलयमा भेला गराई नियमपुर्वक कमरुदिन असारीको अध्यक्षतामा उपभोक्ता समिति गठन गरिएको थियो । समाजिक दुरीको कायम गरि काम गराउन खोज्दा अवरोध भएपछि आफुले सम्झाए पनि विवाद सृजना भए पछि नगरप्रमुखलाई जानकारी गराएको उपभोक्ता समितिका अध्यक्ष अन्सारी बताउँछन् ।