७ मंसिर २०८३, सोमबार

गण्डकी प्रदेशमा ३७ जना कोरोना सङ्क्रमित थपिए

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पाेखरा, ३० जेठ ।  गण्डकी प्रदेशमा ३७ जना कोरोना सङ्क्रमित थपिएका छन् ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरामा गरिएकाे परीक्षणमा ३७ जनामा सङ्क्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । योसँगै गण्डकीमा सङ्क्रमितको संख्या १८८ पुगेको छ ।

नयाँ थपिनेमा सबैभन्दा धेरै स्याङ्जाका २२ जना रहेका छन् । पर्वतका १३ जना तनहुँका १ जना र नवलपरासी पूर्वका १ जना रहेका छन् । स्याङजाका ३ र ४ वर्षका बालकमा पनि कोरोना सङ्क्रमण पुष्टि भएको छ । याेसँगै स्याङजामा कोरोना सङ्क्रमितको संख्या ६० पुगेको छ ।