७ मंसिर २०८३, सोमबार

काठमाडाैं उपत्यकामा लकडाउन खुकुलो, शुक्रबारदेखि गाडी चल्न पाए

308
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैं, ३० जेठ । शुक्रबारदेखि लकडाउन केही खुकुलो भएको छ । लामो समयदेखिको लकडाउन कारण आर्थिक क्रियाकलापसँगै नागरिकको जनजीवनमा नै असर परेकाले लकडाउन खुकुलो पारिएको हो ।

शुक्रबारदेखि जोर-बिजोर प्रणालीमा निजी गाडी चल्न थालेका छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार जोर गतेका दिन जोर नम्बर प्लेट भएको गाडी र बिजोर गतेका दिन बिजोर नम्बर प्लेट भएको गाडी चल्नेछन् ।

शुक्रबार जोर दिन भएकाले अन्तिममा जोर नम्बर भएका निजी गाडी चल्न सुरु भएका छन् । तर, निजी गाडी बेलुका ९ बजेदेखि बिहान ५ बजेसम्म भने चलाउन पाइने छैन । यो समयमा अत्यावश्यक वस्तु ढुवानी गर्ने गाडीलाई भने कुनै रोकतोक हुने छैन ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार उपत्यका बाहिर यी गाडी जान पाउने छैनन भने यसअघि पास लिएका गाडी पनि अब यही नियम अनुसार चल्ने छन् । अबदेखि मोटरसाइकल र साइकलमा पनि एक जना मात्रै चढ्नुुपर्ने छ ।

चार पाङग्रे निजी गाडीको हकमा चालकबाहेक दुई जना मात्रै यात्रा गर्न दिने व्यवस्था गरिएको छ । कोभिड–१९ सङ्क्रमणको जोखिमलाई मध्यनजर गरी कतिपय सेवामा लगाइएको प्रतिबन्धलाई भने अझै कायमै राखिएको छ ।