७ मंसिर २०८३, सोमबार

कालिकोट दुर्घटनामा मृत्यु हुनेको संख्या तीन पुग्याे

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कालिकोट, २९ जेठ । कालिकोट जिल्लामा टिप्पर दुर्घटना हुँदा मृत्यु हुनेको संख्या तीन पुगेको छ ।

काठमाडाैंको त्रिवि शिक्षण अस्पतालमा उपचारको लागि ल्याइएको महिलाको मृत्यु भएसँगै ज्यान गुमाउनेको संख्या तीन पुगेको प्रहरीले जनाएको छ ।

हराइरहेका तीनमध्ये एकजना सम्पर्कमा आएका छन् भने अरु दुई जनाको खोजी भैरहेको कालिकोटका सहायक प्रमुख जिल्ला अधिकारी युवराज गुरागाइँले जानकारी दिए ।

घर फर्किएका ३९ जनालाई क्वरेण्टीनमा पुराउन लालिघाट बजारबाट रास्कोट नगरपालिकाका लागि छुटेको टिप्पर कर्णाली नदीमा खस्दा घाइते भएका ६ जनाको जिल्ला अस्पताल कालिकोटमा उपचार भैरहेको छ ।