७ मंसिर २०८३, सोमबार

गाेरखामा पार्किङमा राखेको कारमा बिहीबार बिहानै आगजनी

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

गाेरखा, २९ जेठ । गाेरखा जिल्लाकाे गोरखा नगरपालिका ८ स्थित चाईनिजधारामा पार्किङमा राखिएको कारमा बिहीबार बिहान आगजनी भएको छ ।

स्थानीय दीपक केसीको टाटा कम्पनीको बा १२ च ५९८४ नम्बरको निजी कारमा आगजनी भएको हो ।

बिहान करिब ४ बजे आगजनी भएको खबर आएपछि प्रहरी घटनास्थल पुगेर मुचुल्का गरिसकेको र थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालयका डीएसपी बासुदेव खतिवडाले बताए ।

कारमा आगजनी कसले गरेकाे हाे खुलेकाे छैन । साे विषयमा प्रहरीले अनुसन्धान शुरू गरेकाे जनाएकाे छ । कारका मालिक गोरखामा घर भइ काठमाडाैंमा ट्राभलमा काम गर्छन् ।