लगनखेल, २९ जेठ । ललितपुर जिल्लास्थित पाटन अस्पतालको आईसीयू वार्डमा रहेको अल्ट्रासाउन्ड मेसिन चोरीमा सम्लग्न रहेको आरोपमा दुई जना चिकित्सक पक्राउ परेका छन् ।
२० लाख रुपियाँभन्दा धेरै मूल्य पर्ने पोर्टेबल अल्ट्रासाउन्ड मेसिन चोरीको अभियोगमा उनीहरू पक्राउ परेका हुन् ।
उनीहरूले जेठ २ गते बिहान साढे आठ बजे मेसिन चोरेका थिए । महानगरीय प्रहरी परिसर ललितपुरका अनुसार उनीहरूले मेसिन मर्मत गर्न कम्पनीबाट आएका हौं भनेर झुक्याएका थिए । अस्पतालमा कार्यरत स्वास्थकर्मी व्यस्त भएको मौका छोपी मेसिन चोरी गरेका थिए।
अनुसन्धानको क्रममा सर्लाही घर भइ काठमाडौं बस्ने ३६ वर्षका डा. प्रवीण मिश्र र महोत्तरीका २० वर्षीय रमेशकुमार शर्माको संलग्नता देखिएको ललितपुर परिसरका प्रवक्ता एवम् प्रहरी उपरीक्षक तुलबहादुर कार्कीले बताए ।
चोरी भएको सामानसहित पक्राउ गरिएका उनीहरूलाई थप अनुसन्धानका लागि पाँच दिन हिरासत पठाइएको छ ।











प्रतिक्रिया