मुम्बई । बलिउड अभिनेत्री प्रियंका चोपड़ाले टेलिभिजन च्यानल एबीसीको नयाँ धारावाहिक ‘क्वोंटिको’ को शूटिंग शुरू गरेकी छिन् ।
धारावाहिक ‘क्वोंटिको’ को शूटिंगका लागि अमेरिका पुगेकी अभिनेत्री प्रियंकाले पहिलोदिन १६ घण्टा काम गरेकी छिन् ।
प्रियंकाले ट्विटरमा लेखेकी छिन्–‘ १६ घण्टाको शूटिंग सकियो थाकेकी छु, तर पहिलो राम्रै भयो ।’
अमेरिकी टेलिभिजन शो मा प्रियंका फेडरल ब्यूरो अफ इन्वेष्टीगेशन (एफबीआई) इन्सेपेक्टरको भुमिकामा देखिँदैछिन् । यो कार्यक्रममा लागि उनले २४ करोड भारु लिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।














प्रतिक्रिया