
काठमाडौँ, २३ जेठ । काभ्रे पहिलो पटक ५ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ ।
शुक्रबार जिल्ला स्वास्थ्य कार्यालयले जिल्लामा ५ जनामा कोरोना पोजेटिभ देखिएको जनाएको हो । जिल्लामा २ जना महिला र ३ जना पुरुषमा संक्रमण पुष्टि भएको हो ।
संक्रमितहरु रोशी गाउँपालिकाका ३ जना, पाँचखाल नगरपालिकाका एक र पनौती नगरपालिकाका एक जना रहेका छन् ।
पाँचखालका संक्रमित १२ दिन अघि भारतबाट आएर क्वारेन्टाइनमा बसेका थिए । पनौतीका सङ्क्रमित महिला धुलिखेल अस्पतालमा पित्तथैलीको शल्यक्रिया गर्न आएको र शल्यक्रियाअघि ती महिलाको पीसीआर परीक्षण गर्दा कोरोना भाइरस पोजिटिभ देखिएको जनाइएको छ ।
रोशी गाउँपालिकाका संक्रमित पनि १० दिन अघि भारतबाट फर्केका थिए ।















प्रतिक्रिया